• Tuesday 6th of October 2026

नयाँ पार्टी गठनको तयारीमा रहेका राणा र प्रसाईंलाई घोषणा गर्न के ले रोक्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । राप्रपा परित्याग गरेका धवल शम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी गठन गर्ने भएका छन्।

जेठ १७ गते धवल शम्शेरसहित १८५ जना विभिन्न तहका नेता कार्यकर्ताहरूले समाुहिक रुपमा राप्रपा परित्याग गरेका थिए।

राप्रपा परित्याग गरेसँगै राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको छ । स्रोतका अनुसार राणा र प्रसाईंले प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने तयारीमा जुटेका छन्।

राणाका अनुसार उक्त पार्टीले संवैधानिक राजतन्त्र विचार र सनातन धर्मलाई समेटेर अघि बढ्नेछ । पार्टी छिट्टै घोषणा गर्ने तयारीमा रहेका राणा र प्रसाईँले पार्टीको नाम, चुनाव चिह्न, विधानसहित सांगठनिक संरचना लगायतका विषयमा गृहकार्य गरिरहेको छ।

मलमास सकिएलगत्तै पार्टी आधिकारीक रुपमा सार्वजनिक गर्ने राणाले बताए । गत जेठ ३ गतेदेखि असार १ गतेसम्म मलमास छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖