• Tuesday 6th of October 2026

रास्वपा गण्डकी अधिवेशनस्थल बाहिर ‘जेन–जी’ समूहको धर्ना


  • धनकुटा खबर
  • .

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरामा जारी रहेका बेला अधिवेशनस्थल बाहिर ‘जेन–जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको छ।

अधिवेशनको मुख्य प्रवेशद्वार अगाडि भेला भएका समूहका सदस्यहरूले विभिन्न आन्दोलनका क्रममा पक्राउ परेका युवामाथि लगाइएका मुद्दा फिर्ता लिन र उनीहरूलाई न्याय दिन माग गरेका छन्।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका युवाहरूले आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना साथीहरूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको आरोप लगाएका छन्। उनीहरूले सम्बन्धित मुद्दाको निष्पक्ष पुनरावलोकन गरी पक्राउ परेकाहरूलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

रास्वपाको प्रदेश अधिवेशन चलिरहेका बेला अधिवेशनस्थल बाहिर भएको उक्त प्रदर्शनले सहभागी प्रतिनिधि तथा सर्वसाधारणको ध्यान आकर्षित गरेको थियो।

धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖