• Tuesday 6th of October 2026

फिफा विश्वकपबारे प्रधानमन्त्री बालेन : मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप २०२६ मा आफ्नो मनपर्ने (फेवरेट) देश सहभागी नभएको उल्लेख गरेका छन् ।

शनिबार साँझ पाँच लाख ६८ हजार फलोवर भएको आफ्नो व्यक्तिगत फेसबुक प्रोफाइलमा एक स्टाटस लेख्दै उनले यस्तो संकेत गरेका हुन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै जना साथी भाईले सोध्नुभो, तपाईंको फेवरेट देश कुन वर्ल्डकपमा ? मेरो फेवरेट देशले खेलेकै छैन !

शनिबार साँझ साढे सात बजेतिर सार्वजनिक गरिएको उक्त पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रकारका अनुमान र टिप्पणी गरिरहेका छन् । नेपाल हालसम्म फिफा विश्वकपमा छनोट नभएकाले उनले देशप्रतिको प्रेम दर्शाउँदै नेपाललाई नै आफ्नो रोजाइको राष्ट्र भन्न खोजेको धेरैको बुझाइ छ ।

यद्यपि, कमेन्ट बक्समा कतिपय प्रयोगकर्ताले विश्वकपमा छनोट हुन संघर्ष गरिरहेका अन्य स्थापित राष्ट्र वा इटालीतर्फ संकेत गरेका छन् भने कसैले व्यङ्ग्यात्मक रूपमा छिमेकी मुलुक भारतको नाम पनि उल्लेख गरेका छन् ।

अर्कातर्फ, आइतबार बिहान पौने चार बजे तय भएको ब्राजिलको खेलअगाडि आएको यस स्टाटसलाई लिएर कतिपयले बालेनको समर्थन ब्राजिलतर्फ रहेको र यो स्टाटस केवल ठट्टा मात्र हुन सक्ने भन्दै लख काटेका छन् ।

यद्यपि, अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उनले ‘नेपाल’लाई नै संकेत गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖