• Monday 5th of October 2026

२ जनाको हत्याका कारण बेल्जियम र स्वीडेनको खेल रद्द


  • धनकुटा खबर
  • .

एजेन्सी – ब्रसेल्समा २ जनाको गोली हानी हत्या भएपछि बेल्जियम र स्वीडेनबीचको युरो कप २०२४ को छनोट खेल रद्द भएको छ ।

सोमबार रातीको छनोट अघि बेल्जियमको राजधानीको सडकमा घटना भएको थियो। मृतकहरूले स्वीडेन फुटबल टोलीको जर्सी लगाएका थिए । यद्दपी उनीहरू सोही खेल हेर्न जाँदै थिए वा थिएनन् भन्ने पुष्टि भएको छैन। खेल स्थगित भएपछि फुटबल फ्यानहरूलाई रंगशालामै बस्न भनिएको थियो ।

खेलको पहिलो हाफमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाएका थिए भने रोमेलु लुकाकुले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए । ३० मिनेटपछि खेल रद्द भएको घोषणा भएको थियो। स्वीडेनका खेलाडीहरूले आक्रमण पछि खेल जारी राख्न चाहेनन् र बेल्जियमको टोलीले यस निर्णयलाई समर्थन गरेको थियो।

बेल्जियम प्रहरीका अनुसार बन्दुकधारी घटनास्थलबाट फरार भएक थिए । प्रहरीले यस घटनालाई आतंकवादको रूपमा व्यवहार गरिरहेको समेत जानकारी दिएको छ।

बेल्जियमले अर्को वर्ष जर्मनीमा हुने युरो कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने स्वीडेनको छनोट हुने सम्भावना छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖