• Tuesday 6th of October 2026

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं नै फर्काइएको छ।

सोमबार बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो।

प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।

nabil
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए । उनका अनुसार जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन् ।

जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको उनले जानकारी दिए । प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖