• Tuesday 6th of October 2026

अर्थमन्त्री वाग्लेलाई एमालेको प्रश्न : फाइल खोल्ने धम्की कसलाई दिएको ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ मागेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा आर्यालले यो विषय उठाएकी हुन् ।

बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पूराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ति पनि खुल्ने बताएका थिए ।

विशेषगरी करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउने विपक्षी सांसदहरूको चेतनामाथि प्रश्न उठाउँदै यही जेठ २८ गते अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?,’

यसप्रति एमालेकी सचेतक अर्यालले प्रश्न उठाएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖