काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहलाई व्यङ्ग्य गरेका छन्।
हिजो प्रधानमन्त्री शाहले देश बनाउने टीम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा राखेका थिए ।
त्यस प्रसङ्गलाई लक्षित गर्दै उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो बिदा पनि मनाइसक्नुभएको छ। देश बनाउने उहाँको ३ जनाको जम्बो टोली पनि उहाँले घोषणा गरिसक्नुभएको छ।
अब पक्कै पनि प्रधानमन्त्रीलाई केही फुर्सद पनि भयो होला । यो सदनमा आएर जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’
उनले ट्याम्पो गुल्टिएका कारण, घरका छानामा ढुङ्गा हानेका, उद्योगहरू बन्द हुन लागेका लगायतको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
