• Tuesday 6th of October 2026

यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद यशोदाकुमारी बरालले सम्बोधन गरिरहेकै बेला सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन्।

विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद बरालले सरकारले मधेस, कर्णाली र सुदूरपश्चिमको नाम बेचेर भोट ल्याए पनि बजेटमा त्यसअनुसार सम्बोधन नभएको टिप्पणी गरेकी थिइन्।

बरालले ‘नाम बेचेर भोट ल्याएको’ अभिव्यक्ति प्रयोग गरेपछि सांसद तामाङले त्यसप्रति आपत्ति जनाउँदै प्रमाण माग गरेकी थिइन्।

‘कहाँ बेचेको, कसले बेचेको, के बेचेको ? तपाईँसँग यसको प्रमाण छ ?’ भन्दै तामाङले नियमापत्ति जनाएकी थिइन्।

तर, सभामुखले सांसद बराललाई आफ्नो मन्तव्य जारी राख्न निर्देशन दिएका थिए।

यसक्रममा सांसद बरालले वर्तमान बजेटलाई ‘फूलपाती’को संज्ञा दिँदै बजेटले अपेक्षाअनुसार क्षेत्रीय सन्तुलन कायम गर्न नसकेको टिप्पणी गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖