• Monday 5th of October 2026

पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १–० को अग्रता बनाएको छ।

कान्सास सिटी स्टेडियममा जारी खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ले १७औँ मिनेटमा गरेको गोल नै पहिलो हाफको अन्तर बन्यो। विश्वकपको छैटौँ संस्करण खेलिरहेका मेसीले प्रतियोगितामा आफ्नो पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

खेलको सुरुआत दुवै टोलीका लागि नाटकीय रह्यो। अल्जेरियाका फारेस चाइबी ले गरेको गोल VAR जाँचपछि अफसाइड ठहरिँदा खारेज भयो। त्यसअघि मेसीको एउटा गोल पनि अफसाइडका कारण मान्य भएको थिएन।

गोल खाएपछि अल्जेरियाले खेलमा फर्कने प्रयास गर्‍यो। हिशाम बुदाउई र चाइबीको संयोजनमा केही अवसर सिर्जना भए पनि अर्जेन्टिनाको रक्षापंक्तिलाई भेद्न सकेन। चाइबीको हेडर पोस्ट नजिकबाट बाहिरिँदा अल्जेरिया बराबरी गोलबाट वञ्चित भयो।

अर्कोतर्फ अर्जेन्टिनाले बलमाथि नियन्त्रण कायम राख्दै थप गोलको खोजी गरिरह्यो। थियागो अल्मादा र मेसीले केही अवसर बनाए पनि स्कोरलाइन परिवर्तन हुन सकेन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖