काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा लियोनेल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेका छन् ।
विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमै ह्याट्रिक गरेका उनले अर्जेन्टिनालाई ३–० को बलियो अग्रता दिलाएका छन्।
मेसीले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि ६०औँ मिनेटमा दोस्रो गोल थपेका उनले ७६औँ मिनेटमा फेरि जाली चुमाउँदै ह्याट्रिक पूरा गरे ।
छैटौँ विश्वकप खेलिरहेका मेसीका लागि यो अविस्मरणीय प्रदर्शन बनेको छ । सुरुआतमै अफसाइडका कारण एक गोल खारेज भए पनि त्यसपछि उनले लगातार तीन गोल गर्दै अल्जेरियाको रक्षापंक्तिलाई निरीह बनाए ।
