• Monday 5th of October 2026

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ असार । पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो महँगा घडी मात्र होइन, महँगा कारहरूको पनि शौकिन हुन्। 

बेलायती वेबसाइट द सनको रिपोर्ट अनुसार यी महान फुटबल खेलाडीसँग १९ करोड बढी मूल्यको घडी छ। रोनाल्डोकी प्रेमिका र पार्टनर जर्जिना रोड्रिगेजसँग ४९ करोड भन्दा बढी मूल्यको हीरा सेट रहेको छ। क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको जीवनशैली नेटफ्लिक्सको कार्यक्रम ‘आई एम जर्जिना’ मा प्रस्तुत गरिएको थियो ।

 

स्टीवन स्टोन ज्वेलर्सले जोडीको सबैभन्दा बहुमूल्य सम्पत्तिको मूल्याङ्कन गरेको थियो । यी वस्तुहरूमा क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको इन्गेजमेन्ट औंठी र उनीहरूको आकर्षक फ्र्याङ्क मुलर घडीहरू समावेश रहेका छन्। दुबै इन्गेजमेन्ट औंठीको मूल्य ६ करोड अनुमान गरिएको छ। स्टोनले यी सबै वस्तुहरूको कुल मूल्य ८९ करोड अनुमान गरेको थियो । 

 

३७ वर्षीय पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्वका सबैभन्दा धनी फुटबल खेलाडीहरू मध्ये एक हुन्। स्टोनका अनुसार उनले लगाएका स्टड इयररिङ लगभग १.५ मिलियन अमेरिकी डलर मूल्यका छन्। हालैका वर्षहरूमा उनी महँगा घडीहरूको पनि शौकीन भएका छन्।

 

२८ वर्षीया जर्जिना रोड्रिगेजले प्रायः सामाजिक सञ्जालमा आफ्ना गहनाहरू प्रदर्शन गर्छिन्। नेटफ्लिक्स कार्यक्रमको प्रचार गर्दा उनले हीराको सेट लगाएकी थिइन्, जसमा एउटा आकर्षक हार, झुम्का र औंठी थियो। औंठीको मूल्य ४३ करोड रहेको बताइएको छ। यसका साथै उनले १२ करोड मुल्यको नीलमणिले जडित औंठी पनि लगाएकी थिइन्।

 

२०२१ मा उनीहरूको इन्गेजमेन्टको समयमा क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजलाई उपहार दिएको औंठीको मूल्य १० करोड मुल्य रहेको बताइएको छ।

 

गत वर्षको कान्स फिल्म फेस्टिभलमा, जर्जिना रोड्रिगेजले २५ हजार अमेरिकी डलर मूल्यको झुम्का लगाएको देखिएकी थिइन्। झुम्काको अतिरिक्त उनले आफ्नो चोर औंलामा १० क्यारेटको मार्क्वाइज कट हीराको औंठी पनि लगाएको देखिएकी थिइन्। स्टोनले औंठीको मूल्य लगभग ४ करोड अनुमान गरेको थियो । जर्जिना रोड्रिगेजलाई हीरा मन पर्छ। उनले आफ्नो लुइस भिटन गहनाको केसको लागि लगभग २ करोड तिरेको सुन्दा कुनै अचम्म लाग्दैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖