• Tuesday 6th of October 2026

ई–पासपोर्ट खरिद प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा पनि अख्तियारको अनुसन्धान दायरामा


  • धनकुटा खबर
  • .

काठमाडौं । गतवर्षको ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरजु राणा देउवा लाई समेत अनुसन्धानको दायरामा ल्याएको छ।

अख्तियारको अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर बयानका लागि उपस्थित हुनुपर्ने सम्बन्धी म्याद तामेल गरेको जनाएको छ।

कानूनी व्यवस्था अनुसार बयानका लागि बोलाइएको व्यक्ति सम्पर्कमा नआएमा वा प्रत्यक्ष रूपमा म्याद बुझाउन नसकिएमा उसको स्थायी ठेगानामा म्याद तामेल गर्ने प्रक्रिया अपनाइन्छ।

बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ ले भग्नावशेष भइसकेको देउवा निवास परिसर बाहिर अख्तियारको टोलीले बयानका लागि डाकिएको म्याद तामेल गरेको पुष्टि गरेका छन्।

अख्तियारले ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइरहेको छ। हालसम्म आयोगले यस विषयमा औपचारिक आरोपपत्र दायर गरिसकेको छैन भने अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖