• Tuesday 6th of October 2026

बालेन महाधिवेशनमा नगए पनि हुने, सभापतिले वरिष्ठ नेता घोषणा गर्ने व्यवस्था अब विधानमै


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति सङ्ख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको हो ।

बिहिबार बिहान बसेकाे रास्वपा सचिवालय बैठककाे तस्विर
रास्वपाले अब विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको छ । तर वरिष्ठ नेता निर्वाचनबाट नचुनिएर सभापतिले घोषणा गर्न सक्नेगरी विधानको व्यवस्था गरिने बताइएको छ । यो व्यवस्था गरिएसँगै प्रधानमन्त्री समेत रहेका रास्वपाका हालका वरिष्ठ नेता बालेन्द्र शाहले अधिवेशनममा उपस्थित भएर चुनाव नलडे पनि हुने भएको हाे ।

असार ७ देखि ९ सम्म चितवनमा हुन गइरहेको रास्वपाको प्रथम महाधिवेशनमा बालेनको सहभागिता रहने वा नरहने चर्चा चलिरहेको बेला रास्वपाको सचिवालय बैठकले यस्तो निर्णय गर्नु बालेनकै पक्षमा रहेको बुझिएको छ ।

‘
यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १२९ सदस्यीय रहेकोमा अब १५१ हुने रास्वपाका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖