काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा ले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
महराले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीमा रहन नसक्ने जनाएका हुन्। उनले अब पार्टीको साधारण सदस्यका रूपमा मात्रै रहने निर्णय गरेको बताएका छन्।
विज्ञप्तिमा उनले लामो समयदेखि स्वास्थ्य अवस्थाले सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न कठिन भएको उल्लेख गर्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन्।
साथै, पार्टीप्रति आफ्नो प्रतिबद्धता यथावत रहने र साधारण सदस्यका रूपमा योगदान जारी राख्ने जनाइएको छ।
महरा नेकपाका वरिष्ठ नेतामध्ये एक हुन्। उनी यसअघि प्रतिनिधिसभाका सभामुख तथा विभिन्न समयमा मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
