• Monday 5th of October 2026

आयोजक मेक्सिको बन्यो नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ असार । फिफा विश्वकप २०२६ को सह आयोजक देश मेक्सिको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । 

 

शुक्रबार बिहान सम्पन्न रोमाञ्चक खेलमा आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै  नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। जसअनुसार एस्टाडियो ग्वाडालजारा, मेक्सिकोमा भएको खेलमा जितसँगै आयोजक मेक्सिको जारी विश्वकपको अन्तिम ३२ मा पुग्ने पहिलो टोली बनेर नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । 

 

दोस्रो चरणका खेल खेलेको अर्को आयोजक क्यानडाले पनि यसअघिको आयोजक राष्ट्र कतारलाई ६-० को फराकिलो अन्तरले आजै जीत हासिल गरिसकेको छ। अमेरिकाले पहिलो खेलमा जीत हासिल गरे पनि दोस्रो खेल खेल्न बाँकी रहेको छ । अमेरिकाले पराग्वेलाई ४-० काे अन्तरले पराजित गरेर ३ अंक जाेडिसकेकाे छ । 
  

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको पाँचौँ मिनेटमै मेक्सिकोले अग्रता लिन सफल भएएको थियो। खेलको ५०औँ मिनेटमा दक्षिण कोरियाली गोलकिपरको गल्तीको फाइदा उठाउँदै लुइस रोमोले गोल गर्न सफल भएका हुन । त्यस पछि दुवै तर्फवाट गोल हुन नसक्दा अन्ततः त्यही गोल नै मेक्सिकोलाई नकआउट चरणमा पुरयाउन सफल हुने गोली बन्यो । 

यसअघि समूह ‘ए’ कै अर्को खेलमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। लगातार दोस्रो जितसँगै मेक्सिको ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने दक्षिण कोरियाको अघिल्लो चरण प्रवेशको सम्भावना अब अन्तिम खेलमा अफ्रिकालाइ पराजित गर्नु अनिवार्य छ । 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖