• Tuesday 6th of October 2026

रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने भएको छ ।

भोलि असार ७ गतेदेखि ९ गतेसम्म हुने महाविधेशनको सुरक्षालाई मध्यनजर गरेर उच्च सुरक्षा व्यवस्था अपनाउन लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताए। उनले महाधिवेशनको खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाइको जानकारी दिए ।

सडकमा ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए । महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई असहजता नहोस् भनेर विभिन्न ठाँउमा सवारी साधनहरु राख्न प्रबन्ध गरिएको छ ।

प्रहरीले भरतपुरको बीरेन्द्र क्याम्पस पछाडिको चौर र भरतपुर केन्द्रीय बसपार्कमा सहभागीहरुले ल्याउने ठूला सवारीलाई राख्ने प्रवन्ध गरिएको छ ।

रास्वपाको बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ४० हजार जना स्वतस्र्फूत रुपमा सहभागी हुने अपेक्षा पार्टीले गरेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖