• Tuesday 6th of October 2026

प्रधानमन्त्री बालेनले फेरि देखाए नेपालका लुकेका स्वर्ग


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत फेरि एकपटक नेपालको अनुपम प्राकृतिक सम्पदालाई विश्वसामु चिनाउने प्रयास गरेका छन्। यसपटक उनले पूर्वी नेपालको दुर्गम तर अत्यन्तै सुन्दर मकालु बेस क्याम्प ट्रेक सम्बन्धी विस्तृत यात्रा गाइड सार्वजनिक गरेका हुन्।

बालेनले साझा गरेको भिडियोमा मकालु–बरुण उपत्यकाको मनमोहक हिमाली दृश्य, जैविक विविधता, शान्त बस्ती र साहसिक पदयात्रा मार्गलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। काठमाडौंदेखि तुम्लिङटार, सेदुवा, तासिगाउँ, बरुण उपत्यका, शिवधारा, लाङमाले खर्क हुँदै ४,८७० मिटर उचाइको मकालु बेस क्याम्पसम्मको यात्रा समेटिएको उक्त सामग्री अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

यसअघि डीडीसी चिजबारेको पोस्टले स्थानीय उत्पादनलाई चर्चा दिलाएझैँ, बालेनको यो नयाँ पहलले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण र नेपालको ओझेलमा परेका गन्तव्यहरूको प्रचारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

धेरैले बालेनको यो अभियानलाई “डिजिटल माध्यमबाट नेपालको पर्यटन ब्रान्डिङ गर्ने प्रभावकारी प्रयास” भन्दै प्रशंसा गरेका छन्। मकालुको अनुपम सौन्दर्यलाई विश्वसामु पुर्‍याएको यो भिडियोले अब हजारौं पर्यटकलाई पूर्वी हिमाली क्षेत्रमा आकर्षित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖