• Monday 5th of October 2026

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ असार । फिफा विश्वकप २०२६ अन्ततः १९५८ पछि १०० गोल गर्ने सबैभन्दा छिटो संस्करण बनेको छ ।

 

यो ऐतिहासिक उपलब्धि जारी खेलको ३३ औं खेलवाट नै प्राप्त गर्न सफल भएको हो । 

लिभरपुलका फरवार्ड कोडी गाक्पोले शनिबार स्वीडेन माथि ५–१ को जितमा नेदरल्याण्ड्सको तेस्रो गोलको साथ शतक पूरा गरेका हुन् । ६८ वर्ष पछि पहिलो पटक हो कि तीन अंक अर्थात १०० गोल पुग्न ३३ खेल लागेको छ । 

 

सबैभन्दा छिटो प्रतियोगिता १९५४ मा स्विट्जरल्याण्डमा भएको थियो, जुन पश्चिम जर्मनीले जितेको थियो,  जब यो केवल २० खेलमा सो लक्ष्य हासिल गरिएको थियो ।

‘सायद मैले अहिलेसम्म देखेको सबैभन्दा संकुचित र रणनीतिक रूपमा कडा खेल नेदरल्याण्ड्स विरुद्ध जापान थियो र त्यसमा पनि चार गोल थिए,’ इङ्गल्याण्डकी युरो २०२२ विजेता एलेन ह्वाइटले बीबीसी स्पोर्टलाई बताएकी छिन्।

सन २०१४ मा ब्राजिलमा भएको फाइनलमा १०० पुग्न ३६ खेल लागेका थिए, जुन संख्या १९८२ मा जस्तै रहेको थियो भने १९७८ मा अर्जेन्टिना र १९९४ मा संयुक्त राज्य अमेरिकामा भएको खेलमा १०० गोल पुग्नका लागि ३८ खेल लागेको थियो ।

अमेरिका, मेक्सिको र क्यानडाले सह–आयोजना गरेको यो विश्वकपमा प्रति खेल औसत ३.०९ गोल भएको छ र ३०० गोल पार गर्ने बाटोमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖