• Monday 5th of October 2026

बैकल्पिक खेलाडीको देखियो जादु, जर्मनी १२ बर्ष पछि नकआउट चरणमा


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ असार । चारपटकको च्याम्पियन जर्मनी १२ वर्षपछि फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

 

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर डेनिज उन्डभको सानदार प्रदर्शनले जर्मनी १२ बर्ष पछि नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो ।

शनिबार मध्यराति टोरन्टो रंगशालामा जर्मनीले अफ्रिकन टोली आइभरी कोस्टमाथि २–१ को दोस्रो जित हासिल गरे पछि जर्मनी अर्को चरणका लागि सुनिश्चित भएको हो । जर्मनीका लागि दुबै गोल वैकल्पिक खेलाडी उन्डभले गरेका थिए ।

 

पहिलो हाफमा आइभरी कोस्टले कप्तान फ्रान्क केसीको गोलमा अग्रता लिएको थियो । उन्डभ ६०औं मिनेटमा अट्याकिङ मिडफिल्डर यमाल मुसियालाको स्थानमा मैदान प्रवेश गरे । उनको प्रवेश पछि ४ मिनेट पछि नै जर्मनी खेलमा फर्कियो । उन्डभले उनीसँगै मैदान प्रवेश गरेका नादिम अमिरीको सुन्दर क्रसलाई सदुपयोग गरेका थिए । 

 

फेरी इन्जुरी समय सकिन २ मिनेट बाँकी छँदा डिफेन्सिभ मिडफिल्डर फेलिक्स एनमेकाको थ्रु पासमा थप गोल सम्भव भएको हो ।  पेनाल्टी बक्सभित्र उन्डभले बललाई टर्न गरे अनि विपक्षी रक्षा पङ्क्तिबाट कुनै अफ्ठ्यारो परिस्थिति सिर्जना हुन नपाउँदै प्रहार गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖