• Tuesday 6th of October 2026

चितवनमा रास्वपाको पहिलो महाधिवेशन (लाइभ)


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ७ । पार्टी गठन भएको करिब चार वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ।

चितवनको भरतपुर स्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार गरिएको मञ्चबाट आइतबार पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाह ले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।

महाधिवेशनमा रास्वपाका ४ हजार २ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको पार्टीले जनाएको छ।

रास्वपाले पहिलोपटक आयोजना गरेको राष्ट्रिय महाधिवेशनबाट पार्टीको भावी नेतृत्व, नीति तथा संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖