• Tuesday 6th of October 2026

रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएपछि पार्टी स्थापनाकालदेखि सक्रिय केही नेताहरू असन्तुष्ट देखिएका छन् ।

असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय सर्कुलेसन भएको थियो ।

तर समायोजनमा आएका नेताहरूले विरोध गरेपछि निर्णयबाट पछि हटेको एक संस्थापक सदस्यले जानकारी दिए । समायोजनमा आएका ५१ जनालाई समायोजन गर्दा त्यसमा संस्थापक सदस्य पनि पर्नुपर्ने ती नेताले बताए ।

‘सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने सर्कुलर आएको थियो । तर, समायोजनमा आएकाले विरोध गरे भनेर निर्णय सच्चिएको जानकारी आएको छ । सभापतिले ५१ जना मनोनीत गर्दा त्यसमा संस्थापक पनि पर्नुपर्छ’ ती नेताले भने ।

रास्वपाको प्रथम महाधिवेशन अहिले चितवनमा जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖