• Sunday 4th of October 2026

आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?


  • धनकुटा खबर
  • .

मुम्बई। बलिउडका चर्चित स्टार एवं मिस्टर पर्फेक्सनिस्ट आमिर खान आगामी जुलाई ५ मा गौरी स्प्र्याटसँग विवाह बन्धनमा बाँधिन गइरहेका छन्। उनको विवाहको खबरले प्रशंसकहरू निकै उत्साहित देखिएका छन्।

तर, आफ्नो विवाहलाई लिएर सर्वसाधारणमा देखिएको यो उत्साह र सार्वजनिक चासोबाट स्वयम् आमिर खान भने निकै हैरान भएका छन्। आफ्नो विवाहमा मानिसहरूलाई यति धेरै चासो किन छ भन्ने कुरा आफूले बुझ्न नसकेको उनले बताएका छन्। ‘भेराइटी’ सँगको कुराकानीमा आमिरले आफ्नो व्यक्तिगत जीवनमा सर्वसाधारणको यस स्तरको चासो देख्दा आफू आश्चर्यचकित भएको उल्लेख गरे।

आमिरका अनुसार सेलिब्रेटीहरूको जीवनमा मानिसहरूको चासो कहिलेकाहीँ आवश्यकताभन्दा बढी हुने गर्छ। क्रिकेटर र कलाकारहरूले सधैँ सबैको ध्यान तान्ने कुरालाई स्वीकार गर्दै उनले कुनै पनि व्यक्तिको व्यक्तिगत उपलब्धि वा क्षण मानिसहरूका लागि किन चर्चाको विषय बन्छ भनी प्रश्न गरे।

आमिरले भने, ‘मलाई थाहा छैन सेलिब्रेटीहरूको जिन्दगीमा, खास गरी कलाकार र क्रिकेटरहरूको जीवनमा मानिसहरूलाई किन यति धेरै चासो हुन्छ। मानिसहरूलाई हाम्रो काममा चासो हुनुपर्छ, हाम्रो व्यक्तिगत जीवनमा होइन।’

आफ्नो विवाहलाई लिएर यति धेरै चर्चा भए तापनि आमिरले कुनै ठुलो वा भव्य सार्वजनिक समारोहको योजना भने बनाएका छैनन्। यो विवाह निकै सामान्य तरिकाले हुनेछ र यसमा परिवारका सदस्य तथा नजिकका मानिसहरू मात्र सहभागी हुनेछन्।

आमिरले अगाडि भने, ‘यो निकै निजी र एक सामान्य रजिस्टर्ड विवाह हुनेछ। सबै प्रक्रिया घरमै पूरा गरिनेछ, जसमा दुवै परिवार र केही एकदमै नजिकका व्यक्तिहरू मात्र उपस्थित हुनेछन्।’

आमिर खानले आफ्नो जीवनमा यो नयाँ सुरुवात गर्न लागेका हुन्। उनको पहिलो विवाह रीना दत्तासँग भएको थाल्यो, जसबाट उनका जुनैद र आइरा गरी दुई सन्तान छन्। त्यसपछि उनले फिल्ममेकर किरण रावसँग विवाह गरेका थिए र उनीहरूको एक छोरा आजाद छन्।

सम्बन्धविच्छेद भए तापनि आमिरले आफ्ना दुवै पूर्वपत्नी रीना र किरणसँग राम्रो सम्बन्ध कायम राखेका छन्। अभिनेता र उनकी दुवै पूर्वपत्नीबिच निकै राम्रो सम्बन्ध छ र उनीहरू एक परिवारका रूपमा सधैँ एकअर्कालाई साथ दिँदै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖