• Tuesday 6th of October 2026

रास्वपाको सहमहामन्त्रीमा प्रसाईं र न्यौपानेको उम्मेदवारी घोषणा


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्। रास्वपाका सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानले उम्मेदवारी घोषणा गरेका हुन्।

आज (मंगलबार) महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले उम्मेदवारी घोषणा गरे।

अधिवक्तासमेत रहेका न्यौपाने रास्वपाको अनुशासन आयोगको उपप्रमुख भएरसमेत काम गरेका थिए। प्रसाईं रास्वपाका सहप्रवक्तासमेत हुन्।

रास्वपाको विधानअनुसार सहमहामन्त्रीमा पाँच जना रहने व्यवस्था छ। महाधिवेशनको बन्दसत्र सुरु हुन लागेपछि आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖