• Tuesday 6th of October 2026

सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन :प्रधानमन्त्री पत्नी सविना


  • धनकुटा खबर
  • .

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भनी सामाजिक सञ्जाल र विभिन्न मिडियामा आएका समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको एक तस्बिरलाई लिएर भएको आलोचनाप्रति उनले बुधबार सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन् ।

काफ्लेले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै निजी ब्याग भएको स्पष्ट पारेकी छन् । ‘जुन सुरक्षाकर्मीले ब्याग बोकेका छन्, त्यो उहाँको आफ्नै निजी हो,’ उनले लेखेकी छन्, ‘सत्यता नबुझी नियोजित रूपमा मेरो चरित्र हत्या गर्ने उद्देश्यले भ्रम फैलाइयो ।’

उनले नयाँ नेतृत्व र उनीहरूका परिवारलाई पुरानै प्रवृत्तिसँग दाँजेर हेर्ने दृष्टिकोण गलत रहेको बताउँदै मिडियालाई जिम्मेवार बन्न आग्रह गरेकी छन् ।

विगतमा पनि आफूलाई विभिन्न पात्रहरूसँग तुलना गरेर टिप्पणी हुने गरेको उल्लेख गर्दै उनले लेखेकी छन् ‘गैरजिम्मेवार ढङ्गले समाचार बनाएर मानहानि गर्नु गैरकानुनी हो ।’ कानुनी प्रक्रियामा अल्झिनुभन्दा पनि आम नागरिकलाई यथार्थ जानकारी दिन आफू अगाडि आएको उनले स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖