• Tuesday 6th of October 2026

लम्बिँदै गएको महाधिवेशनबीच रास्वपा महाधिवेशनस्थल सुनसान बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । हिजोसम्म प्रतिनिधि, कार्यकर्ता र समर्थकको भिडभाडले भरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनस्थल अहिले क्रमशः सुनसान बन्दै गएको छ।

गत आइतबारदेखि मंगलबारसम्म सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको महाधिवेशन निर्धारित समयमै टुंगिन नसकेपछि कार्यक्रम लम्बिन पुगेको हो।

हिजो मध्यरातदेखि सुरु भएको केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया आज दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको थियो। पहिलो चरणको निर्वाचन सम्पन्न भए पनि दोस्रो चरणअन्तर्गत पदाधिकारी चयन प्रक्रिया अझै बाँकी छ।

महाधिवेशन लम्बिँदै जाँदा सहभागीहरूको चहलपहल पनि घट्दै गएको देखिएको छ। पदाधिकारी चयनका लागि सर्वसम्मतिको प्रयास समेत भइरहेको बताइएको छ। सहमति जुट्न नसके मतदानमार्फत नेतृत्व चयन गर्ने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖