काठमाडौ । निर्वाचनमा अपेक्षित नतिजा नआएपछि वामपन्थी मत विभाजन नै मुख्य कारण रहेको निष्कर्ष निकाल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पुनः सहकार्यको सम्भावना बढेको छ।
दुवै पक्षले विगतका राजनीतिक मतभेदलाई थाती राख्दै संसद्, सडकदेखि स्थानीय तहसम्म संयुक्त वाम मोर्चा गठन गर्ने विषयमा प्रारम्भिक छलफल तीव्र बनाएको बताइएको छ।
पार्टी स्रोतहरूका अनुसार, आगामी राजनीतिक रणनीतिमा वाम एकता बलियो बनाउने र सत्तामा पुनः प्रभावकारी उपस्थिति जनाउने लक्ष्यसहित सहकार्य अघि बढाउने तयारी भइरहेको छ।
