• Sunday 4th of October 2026

फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको छ । डलास स्टेडियममा जारी खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध २–० को सहज अग्रता बनाएको हो ।

खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा भीएआरमार्फत पेनाल्टी पाएपछि लाउटारो मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर बनाए।

अर्जेन्टिनाले पहिलो हाफभर खेलमा पूर्ण नियन्त्रण राख्दै जोर्डनलाई खासै अवसर दिन सकेन। यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा पुगिसकेको अर्जेन्टिना लगातार तेस्रो जिततर्फ अग्रसर देखिएको छ।

यता, क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रियाबीचको खेल पहिलो हाफमा १–१ को बराबरीमा सकिएको छ। अस्ट्रियाका मार्को अर्नाउटोभिचले २८औँ मिनेटमा डेभिड अलाबाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिम मिनेटमा रयान बेलघालीले बराबरी गोल फर्काउँदै अल्जेरियालाई खेलमा फर्काए।

समूह ‘जे’ को दोस्रो स्थान र नकआउट चरणको टिकटका लागि अल्जेरिया र अस्ट्रियाबीचको दोस्रो हाफ निर्णायक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖