• Sunday 4th of October 2026

क्रोयसिया र घाना दुवै नकआउट चरणमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ असार । घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ ।

 

क्रोएसियाले घानाविरुद्ध २-१ गोलअन्तरले जित निकालेको हो ।

 

खेलको ३१ औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले सुरूवाती गोल प्रहार गरेका थिए। पहिलो हाफमा १–० को अग्रता लिए पनि ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल प्रहार गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए ।

 

त्यसपछि ८३ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाउन सफल भए । सोही गोल नै अन्तिम समयमा निर्णायक भएर क्रोयशिया नकआउट चरणमा प्रवेश गरेको हो ।

 

यो जितसँगै समूह ‘एल’मा क्रोएसियाले एक हार र दुई जित खेल्दै ६ अंक जोडेर उपविजेता भयो । हारका बाबजुत पनि घाना पनि नकआउट चरणमा प्रवेश गरेको छ । 

 

क्रोयसियाले अब पोर्चुगलसँग खेल्नेछ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖