• Tuesday 6th of October 2026

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी


  • धनकुटा खबर
  • .

काठमाडौं । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा रहेका ३३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा साउदी सरकारले ३३ नेपाली कैदीलाई आममाफी दिएको हो।

यस निर्णयप्रति नेपाल सरकारले साउदी अधिराज्यप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साउदी सरकारको यो कदमले नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, सद्भाव तथा प्रगाढ द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गरिएको छ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा साउदी सरकारले ती नेपाली नागरिकलाई आममाफी दिएको जनाइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार आममाफी पाएका ३३ जना नेपालीले साउदी अरबमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖