धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो।
उक्त मुद्दामा अदालतले भण्डारीलाई सात दिन कैद सजाय र जरिवाना गर्ने फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको डीएसपी रावतले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।
