काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको विस्तारित बैठक आज (सोमबार) बस्दैछ।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजे बैठक बोलाएका हुन्।
देउवा पक्षका एक नेताका अनुसार बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना रहेको छ।
यसअघि गत शुक्रबार खड्का निवासमा बसेको इतर पक्षका नेताहरूको बैठकले असारभित्रै राष्ट्रिय भेला आयोजना गर्ने सहमति गरेको थियो।
उक्त बैठकमा कांग्रेस सभापति गगन थापालगायत नेताहरूसँग पार्टी एकताका लागि भएका छलफलबारे जानकारी गराइएको थियो। अब पार्टीको आगामी रणनीति र राष्ट्रिय भेलाको मिति तय गर्ने विषयमा आजको विस्तारित बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।
