• Wednesday 7th of October 2026

पूर्वगृहमन्त्री खाँण र रायमाझीसहित अधिकांश दोषी ठहर, सात जनाले पाए सफाइ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका अधिकांश प्रतिवादीलाई दोषी ठहर गरेको छ भने सात जनाले सफाइ पाएका छन्। यो प्रकरणमा मुछिएका उच्चपदस्थ व्यक्तिहरू समेत दोषी ठहर भएका छन्।

अदालतको फैसलाअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वमन्त्रीका सल्लाहकार डा. इन्द्रजीत राईका साथै टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई दोषी ठहर गरिएको छ।

यसैगरी, अदालतले यस प्रकरणमा आरोपित रहेकामध्ये टंककुमार गुरुङ, सन्दिप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापालाई भने सफाइ दिएको छ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँ रुपैयाँ ठगी र संगठित अपराधको अभियोगमा प्रहरीले लामो अनुसन्धानपछि अदालतमा मुद्दा दायर गरेको थियो, जसको निष्कर्ष स्वरूप अहिलेको फैसला आएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖