• Tuesday 6th of October 2026

सभामुखलाई एमाले सांसद राईले ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न…’ भनेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । एमाले सांसद राजेन्द्र राईले आज बसेको प्रतिनिधि सभा बैठकमा ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न’ भनेर सभामुख डोलप्रसाद अर्याललाई सोधेपछि बैठकमा विवाद उत्पन्न भयो ।

उनको भनाइलगत्तै सभामुख रिसाए । सभामुख रिसाएर भने, ‘माननीय सदस्य आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला । माननीय सदस्यलाई म योभन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ ।’

सत्तारुढ दलकी सांसद ज्वाला सङ्ग्रौलाले राईको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरिन्।

त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्च्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिए। उनले फेरि बोल्न सुरु गर्दै सभामुखले ५ वर्ष सदन चलाउन नसक्ने बताए। ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन ?’ भन्दै प्रश्न गरे । सभामुखले बीचमै रोकेर १५ मिनेटका लागि बैठक नै स्थगित गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖