• Tuesday 6th of October 2026

संसद्‌मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले महिला सुरक्षाका लागि सार्वजनिक यातायातका बसको रङ निलो बनाउने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद कामीले सुरक्षा रङले होइन, कानुनको प्रभावकारी कार्यान्वयनले हुने बताइन् । कामीले सरकारको यो कदमलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिइन् ।

कामीले भनिन्, ‘महिलाको सुरक्षा बसको रङले सुनिश्चित हुन्छ कि कानुनको प्रभावकारी कार्यान्वयनले ? यदि बसको रङ परिवर्तन गरेर मात्रै सुरक्षा हुने भए समाजमा हुने अपराधहरू धेरै पहिले नै अन्त्य भइसक्थे।’

उनले महिलालाई छुट्टै रङको बसभन्दा पनि हरेक सार्वजनिक स्थल र क्षेत्रमा सम्मान, समता र सुरक्षा चाहिएको बताइन् । ‘जनताले तिरेको कर रङ परिवर्तनमा होइन, वास्तविक सुरक्षा, कडा कानुनको कार्यान्वयन र आधारभूत सेवामा खर्च गरिनुपर्छ,’ कामीले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖