• Tuesday 6th of October 2026

गोविन्द कार्की मुख्यसचिव नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।

मुख्यसचिव नियुक्त रहेका कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहँदै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖