• Sunday 4th of October 2026

पहिलो क्वाटरफाइनल खेल आजवाटः फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिडदै


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ असार।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल आज राति हुँदैछ।

 

किलियन एम्बाप्पेको फ्रान्सले ‘जायन्ट किलर’ मोरक्कोको सामना गर्नेछ। यो खेल आज राति १ः४५ बजे बोस्टन स्टेडियममा हुने तय गरिएको छ।

 

फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले यस प्रतियोगितामा हालसम्म ७ गोल गरिसकेका छन्। मेस्सी ८ गोलसहित ‘गोल्डेन बुट’ को दौडमा अगाडि छन्। यदी एम्बाप्पेले यस खेलमा गोल गरे भने उनले मेस्सीलाई पछि पार्ने छन्।

 

फ्रान्स र मोरक्कोबीच ६ वटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। यी खेलहरूमा फ्रान्सले ४ खेल जित्दै स्पष्ट वर्चस्व कायम गरेको छ भने मोरक्कोले केवल १ जित हासिल गरेको छ र एउटा खेल बराबरीमा टुंगिएको छ।

 

फिफा विश्वकपको इतिहासमा यी दुई टोली दोस्रो पटक आमने सामने हुँदैछन्। यसअघि सन् २०२२ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो। मोरक्को उक्त हारको बदला लिने प्रयासमा आज मैदानमा देखिनेछ ।

 

फ्रान्सेली टोली यस प्रतियोगितामा अपराजित रहेको छ। टोलीले आफ्ना पाँचवटै खेल जितेको छ। समूह चरणमा फ्रान्सले नर्वेलाई ४–१, इराकलाई ३–० र सेनेगललाई ३–१ ले पराजित गरेको थियो । ‘राउन्ड अफ ३२’ मा स्वीडेनविरुद्धको खेलमा टोलीले ३–० को जित हासिल गर्‍यो भने त्यसपछि ‘राउन्ड अफ १६’ मा पाराग्वेलाई १–० ले पराजित गर्दै टोली क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

 

मोरक्कोको टोली यस विश्वकपमा हालसम्म अपराजित रहेको छ। समूह चरणमा टोलीले हाइटीलाई ४–२ र स्कटल्याण्डलाई १–० ले पराजित गर्‍यो साथै बलियो ब्राजिलसँगको खेल १–१ को बराबरीमा टुंग्यायो।

 

‘राउन्ड अफ ३२’ मा मोरक्कोको सामना नेदरल्याण्ड्ससँग भयो। निर्धारित समयसम्म खेल १–१ को बराबरीमा रहे पछि अन्ततः मोरक्कोले पेनाल्टी सुट आउटमा ३–२ को जित हासिल गर्‍यो भने ‘राउन्ड अफ १६’ मा टोलीले क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गर्‍यो।

 

फ्रान्सेली टोलीले उत्कृष्ट फिनिसिङका लागि एमबाप्पेमाथि भरोसा गर्नेछ भने मोरक्कोको रक्षापंक्ति तोड्ने जिम्मेवारी उनकै काँधमा हुनेछ । अर्कोतर्फ, मोरक्कोले आफ्ना स्टार डिफेन्डर तथा कप्तान असरफ हाकिमीमा भर पर्दै फ्रान्सको आक्रमणलाई विफल पार्ने प्रयास गर्नेछ। यद्यपि, यस खेलमा फ्रान्स नै बलियो स्थितिमा रहने अपेक्षा गरिएको छ।

 

दुबै टोलीका लागि सम्भावित प्रारम्भिक ११ खेलाडीः

फ्रान्सः माइक मैगनन, जुल्स कौंडे, उपमेकानो, विलियम सलिबा, थियो हर्नान्डेज, चौआमेनी, एड्रियन राबियोट, माइकल ओलिसे, उस्माने डेम्बेले, बारकोला, केलियन एमबाप्पे।

मोरक्कोः यासिन बोनोउ, अचराफ हाकिमी, नायफ अगुएर्ड, रोमेन साइस, नोसैर माजरौई, सोफ्यान अम्राबात, एजेदिन ओनाही, सेलिम अमल्लाह, हाकिम जियेच, युसेफ एन(नेसिरी, सोफियान बौफल।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖