• Tuesday 6th of October 2026

गणेश नेपाली आत्मदाह प्रकरण: तीन जना नगर प्रहरी नियन्त्रणमा, प्रहरीले थाल्यो अनुसन्धान


  • धनकुटा खबर
  • .

काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनाको वास्तविक कारण र त्यसमा नगर प्रहरीको भूमिकाबारे सोधपुछ तथा अनुसन्धान गर्न दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिइएको हो।

मुगुको सोरु गाउँपालिका–१ का नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा भर्खरै उनको मृत्यु भएको छ।

एक युवाले किन र कस्तो परिस्थितिमा आफूलाई जलाउने कठोर निर्णय लिए र त्यसमा नगर प्रहरीको के-कस्तो भूमिका थियो भन्नेबारे प्रहरीले सबै पक्षबाट विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖