• Tuesday 6th of October 2026

गणेश नेपाली आत्मदाह प्रकरण: निष्पक्ष छानबिनको माग गर्दै अभियन्ता रक्षा बम वीर अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौँ, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि वीर अस्पतालमा तनावपूर्ण अवस्था बनेको छ। घटनापछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

गम्भीर जलनका कारण भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान निधन भएपछि उनका आफन्त, समर्थक तथा विभिन्न क्षेत्रका व्यक्तिहरू अस्पताल पुगेका छन्। आफन्तहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

यसैबीच, जेनजी अभियन्ता रक्षा बम पनि वीर अस्पताल पुगेकी छन्। घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न दबाब दिन उनी अस्पताल पुगेको बुझिएको छ।

सम्भावित आन्दोलन र अप्रिय अवस्था रोक्न अस्पताल परिसरमा नेपाल प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖