• Tuesday 6th of October 2026

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभा बैठकमा धारणा राखिरहँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले आँसु झारेका छन् ।

मन्त्री गुरुङले बिहीबार राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि त्यसको जानकारी प्रतिनिधि सभा बैठकमा दिइरहेका छन् ।

यसबारे जानकारी दिँदा पहिले गृहमन्त्री गुरुङ आफैँ पनि आँसु झारेर बोल्न सकेका थिएनन्।

त्यसपछि बोल्न सुरु गरेका गुरुङले घटनाबारे विस्तृत जानकारी दिँदा रास्वपा सांसदहरूले आँसु झारेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖