• Tuesday 6th of October 2026

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका माजिद अन्सारी र सरिष्मा थापासहित केही जना प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौं । कीर्तिपुरमा डुबान प्रभावित सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टरमा पुगेका जेन–जी अभियानका अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीले होल्डिङ सेन्टर पुगेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिने क्रममा लछारपछार गरेको थियो। त्यसक्रममा अन्सारीले प्रहरीसँग पक्राउ पुर्जी मागेका थिए। तर प्रहरीले उनलाई भ्यानमा राख्दै नियन्त्रणमा लिएको बताइएको छ।

घटनास्थलमा रहेका व्यक्तिहरूका अनुसार प्रहरीले “विद्यार्थीले राजनीति गर्न हुँदैन” भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको दाबी गरिएको छ।

प्रहरीले भने नियन्त्रणको कारणबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।-तस्बीर :कान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖