• Sunday 4th of October 2026

निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको क्वार्टरफाइनल खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएको छ। अब खेलको निर्णयका लागि अतिरिक्त समय खेलाइनेछ।

अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट असिस्टमा म्याक एलिस्टरले हेडमार्फत गोल गरेका थिए।

तर दोस्रो हाफको ६७औँ मिनेटमा रिकार्डो रोड्रिगेजको पासमा ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा फर्काए।

स्विट्जरल्यान्डले ७२औँ मिनेटदेखि १० खेलाडीमा खेल्न बाध्य भयो। फरवार्ड ब्रिल एम्बोलोले डाइभ गरेको भन्दै दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडेका थिए।

खेलको अन्त्यतिर अर्जेन्टिनाका कप्तान मेस्सीसँग विजयी गोल गर्ने सुनौलो अवसर आए पनि उनको प्रहार स्विस गोलरक्षक ग्रेगर कोबेलले बचाए। रिप्लेमा मेस्सी अफसाइडमा नरहेको देखिएपछि अर्जेन्टिनाले ठूलो अवसर गुमाएको मानिएको छ।

एक खेलाडी बढी भएर खेले पनि अर्जेन्टिनाले निर्धारित समयमा त्यसको फाइदा उठाउन सकेन। अब सेमिफाइनलमा इंग्ल्यान्डसँग भिड्ने टोलीको टुंगो अतिरिक्त समय अथवा आवश्यक परे पेनाल्टी सुटआउटबाट लाग्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖