• Monday 5th of October 2026

सेमिफाइनल प्रवेशपछि मेस्सीको भावुक उत्सव, जर्सी फुकालेर समर्थकलाई अभिवादन


  • धनकुटा खबर
  • .

काठमाडौं — फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि कप्तान लियोनेल मेस्सीले भावुक शैलीमा जितको उत्सव मनाएका छन्।

खेल सकिएलगत्तै मेस्सीले आफ्नो जर्सी फुकालेर टाउकोमाथि उठाउँदै स्टेडियममा उपस्थित अर्जेन्टिनी समर्थकतर्फ हल्लाएका थिए। उनले समर्थकसँग खुसी साटासाट गर्दै टोलीको सेमिफाइनल यात्राको उत्सव मनाएका हुन्।

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरेका थिए। कप्तान मेस्सीले पहिलो गोलका लागि उत्कृष्ट असिस्ट गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

यस जितसँगै साविक विजेता अर्जेन्टिनाले लगातार अर्को विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖