• Tuesday 6th of October 2026

सञ्चारमाध्यमको गेटमा शङ्कास्पद पार्किङ गरिएका गाडी कसका हुन् ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। राजधानीका तीन सञ्चारगृहको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा लामो समयदेखि पार्किङ गरेर छाडिएका सवारीसाधन ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको हो।

अनलाइनखबरको गेटमा पार्किङ गरिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा दर्ता रहेको यातायात व्यवस्था विभागको विवरणमा देखिएको छ। विभागका अनुसार उनको ठेगाना काठमाडौं रहेको उल्लेख छ।

यस्तै, कान्तिपुर पब्लिकेशनको गेटमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानिमा बैंकको नाममा दर्ता रहेको र बैंकबाट ऋण लिएर एसटी मोटर्सले प्रयोग गर्दै आएको खुलेको छ।

त्यसैगरी, हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा.१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको छ। उक्त कम्पनीको ठेगाना काठमाडौंको धुम्बाराही रहेको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ।

प्रहरीले ती सवारीसाधन शङ्कास्पद अवस्थामा पार्किङ गरिएको कारण, चालक तथा सम्बन्धित व्यक्तिको पहिचान र घटनाको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖