• Tuesday 6th of October 2026

सांसद रीमा विश्वकर्माको सरकारलाई सुझाव : ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’


  • धनकुटा खबर
  • .

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रीमा विश्वकर्माले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै नीति निर्माण र कार्यान्वयनमा संवेदनशील हुन आग्रह गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पछिल्लो समय आत्मदाहका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै सरकारले अघि बढाइरहेका नीतिहरू जनताको हितअनुकूल छन् कि छैनन् भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताइन्।

‘जसका लागि हामी कानुन बनाइरहेका छौँ, कतै उनीहरू नै त्यसको प्रत्यक्ष मारमा त परिरहेका छैनन् ?’ भन्दै उनले सरकारलाई गम्भीर रूपमा सोच्न आग्रह गरिन्।

सरकार तीव्र गतिमा अघि बढिरहेको टिप्पणी गर्दै सांसद विश्वकर्माले ट्रकमा लेखिने चर्चित सन्देश उद्धृत गरिन्। उनले भनिन्, ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ।’

उनले विकास र नीति सुधारको नाममा हतारोभन्दा पनि योजनाबद्ध, समावेशी र जनमुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारलाई जनताको भावना र आवश्यकता बुझेर निर्णय लिन आग्रह गरिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖