• Tuesday 6th of October 2026

मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त


  • धनकुटा खबर
  • .

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद उत्कर्षमा पुगेपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।

उच्च स्रोतका अनुसार मुख्यमन्त्री शाह उच्चस्तरीय राजनीतिक छलफलपछि बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए। बजेट पारित गर्ने विषयमा सत्ता साझेदार एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर पछिल्ला केही दिनदेखि नेपाली कांग्रेस र एमालेबीच तीव्र मतभेद देखिएको थियो। बजेट पारितका लागि पटक–पटक छलफल भए पनि सहमति कायम हुन सकेको थिएन।

मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई बर्खास्त गर्ने निर्णय गरिसके पनि त्यससम्बन्धी औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖