• Sunday 4th of October 2026

स्पेनसँग पराजय भएसँगै फ्रान्सका ३ खेलाडीको करिअर समाप्त हुदैँ


  • धनकुटा खबर
  • .

काठमाडौं, ३२ असार । फ्रान्सेली टोलीलाई सन् २०२६ को फिफा विश्वकप जित्ने बलियो दाबेदार मानिएको थियो।
 
समूह चरणका खेलहरूमा प्रभावशाली जित हासिल गरे पछि र नकआउट चरणका सुरुवाती तीन खेलमा कुनै पनि गोल नखाई सेमिफाइनलसम्म पुगे तापनि  उनीहरू स्पेनसँग २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन । 
 
यो हार फ्रान्सेली टोलीका लागि निकै पीडादायी छ। यसका साथै, केही खेलाडीहरूका लागि यो अन्तिम फिफा विश्वकपसमेत साबित हुन सक्ने फ्रान्सेली मिडियाले लेख्न सुरू गरेका छन् ।
 
अर्को फिफा विश्वकप चार वर्षपछि सन् २०३० मा हुनेछ, जसको आयोजना मोरक्को, स्पेन र पोर्चुगलले संयुक्त रूपमा गर्दैछन् । उसो भए, को हुन ती तीन फ्रान्सेली खेलाडी, जसको यो विश्वकपसँगै करिअर पनि सकिदैँछ । 
 
लुकास डिग्नेः मिडफिल्डर
स्पेनका लागि पेनाल्टी दिने अवस्था लुकास डिग्नेका कारण सिर्जना भएको थियो, उनले ‘बक्स’ भित्र लामिन यामाललाई फल गरेका थिए। पाँच दिनपछि डिग्ने ३३ वर्ष पुग्दैछन्, जसले गर्दा अर्को फिफा विश्वकप खेल्ने सम्भावना उनका लागि लगभग असम्भव प्रायः बनेको छ।

ब्राइस साम्बाः गोलकिपर
ब्राइस साम्बा सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सका वैकल्पिक गोलकिपर थिए। सन् २०२३ मा डेब्यु गरेयता उनले जम्मा ४ खेल मात्रै खेलेका छन्। उनी ३२ वर्षका पनि भइसकेका छन्। टोलीले वैकल्पिक गोलकिपरका रूपमा रोबिन रिसरलाई तयार पार्न थालिसकेको छ।
 
एनगोलो कान्टेः मिडफिल्डर
फ्रान्सका उप कप्तान तथा स्टार मिडफिल्डर एनगोलो कान्टेले यस फिफा विश्वकपमा एउटा पनि खेल खेल्ने मौका पाएनन्। कान्टे ३५ वर्ष पुगिसकेका छन् र फ्रान्सले उनको विकल्प पनि तयार पारिसकेको छ। साथै, अबका दिनमा कान्टेले अन्तर्राष्ट्रिय खेलहरू खेल्ने सम्भावना पनि कम देखिन्छ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖