• Tuesday 6th of October 2026

बुद्ध एयरका पाइलट पत्नी कुटेर प्रहरी हिरासतमा


  • धनकुटा खबर
  • .

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।

ग्राउण्ड ह्याण्डलिङ स्टाफ रहेकी पत्नीलाई कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले बताए । उनलाई प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा राखिएको छ ।

विगत १० दिनदेखि बुद्ध एयरको उडान ड्युटीमा कसजु अनुपस्थित हुँदै आएका छन् । एयरलाइन्सले खोजी गर्दा उनी प्रहरी हिरासतमा भेटिएका हुन् । उनी पाँच दिनदेखि हिरासतमा छन् ।

कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएका पाइलट कसजुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरिने एसपी मिश्रले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖