• Tuesday 6th of October 2026

सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा उपदान प्राप्त गरिरहेका कर्मचारीलाई अब करार सेवामा निरन्तरता नदिने निर्णय गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सबै मातहतका निकायमा परिपत्र जारी गर्दै सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा हाल निवृत्तिभरण पाइरहेका करार कर्मचारीलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर रहेको परिपत्रमा पेन्सन प्राप्त गर्दै करारमा कार्यरत कर्मचारीलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

यस्तै, निवृत्तिभरण वा उपदान नपाउने तर हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’ मा राखिने जनाइएको छ। त्यस्ता कर्मचारीको एकीकृत विवरण मन्त्रालयले अद्यावधिक गर्ने निर्णयसमेत गरिएको परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖