• Tuesday 6th of October 2026

हङकङमा बाथरुममा लडेर शेरबहादुर देउवाको हात भाँचियो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्।

देउवानिकट स्रोतका अनुसार केही दिनअघि भएको घटनामा उनको दायाँ हात भाँचिएको छ। उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न स्थानमा हिँडडुल गरिरहेको भिडियोसमेत सार्वजनिक हुँदै आएको छ।

देउवा २०८२ चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्समार्फत उपचारका लागि सिंगापुर गएका थिए।

देउवाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उपचारपछि उनी अस्पतालबाट घर फर्किसकेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖