• Tuesday 6th of October 2026

सांसद अभिषेकप्रताप शाहको पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी गरिएको पक्राउ पुर्जी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो।

सर्वोच्चले पक्राउ पुर्जीसम्बन्धी विषयमा सम्बन्धित निकायसँग लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। अदालतमा छलफल नहुन्जेलसम्म पक्राउ पुर्जी यथास्थितिमा रहनेछ।

सांसद शाहले पक्राउ पुर्जी बदर गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

उनीमाथि कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कपिलवस्तुबाट पक्राउ पुर्जी लिएको थियो।

अब उक्त रिटमाथिको अन्तिम सुनुवाइ र अदालतको निर्णयपछि मात्रै पक्राउ पुर्जीको विषयमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖